Section 3
प्रतिस्पर्धा विरुद्धको सम्झौता गर्न नहुने
: (१) कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने कुनै व्यक्ति वा प्रतिष्ठानले प्रतिस्पर्धा सीमित वा नियन्त्रण गर्ने उद्देश्यले त्यस्तै किसिमको वस्तु वा सेवा उत्पादन गर्ने अन्य कुनै व्यक्ति वा प्रतिष्ठानसँग एक्लै वा सामूहिक रुपमा देहायको कुनै सम्झौता गर्न वा गराउन हुँदैन : –
(क) कुनै वस्तु वा सेवाको प्रत्यक्ष वा परोक्ष रुपमा खरिद वा बिक्री मूल्य निर्धारण गर्ने वा त्यस्तो वस्तु वा सेवाको खरिद बिक्रीका शर्तहरु तोक्ने,
(ख) कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण बजार सीमित वा नियन्त्रण गर्ने वा सोको प्राविधिक विकास वा उन्नतिका लागि गरिने लगानी सीमित वा नियन्त्रण गर्ने,
(ग) कुनै वस्तु वा सेवाको उत्पादन वा वितरणको थोक परिमाण सीमित वा नियन्त्रण गर्ने वा त्यस्तो वस्तुको खुद्रा उपभोग्य परिमाण वा त्यसको गुणस्तर घटाउने,
(घ) कुनै खास ठाउँमा त्यस्तो वस्तु वा सेवाको बिक्री वितरण नगर्ने वा कुनै खास ठाउँमा मात्र बिक्री वितरण गर्ने वा गराउने,
(ङ) कुनै निश्चित व्यक्ति वा प्रतिष्ठानले उत्पादन वा वितरण गरेको वस्तु वा सेवाको मात्र बजार प्रवद्र्धन गर्ने गरी त्यस्तै किसिमका वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने अन्य कुनै व्यक्ति वा प्रतिष्ठानको वस्तु वा सेवा खरिद बिक्री वा वितरण नगर्ने वा त्यस्ता वस्तु वा सेवाको बजारमा प्रवेश हुन नदिने,
(च) कुनै वस्तु वा सेवाको उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानबीच आपसमा बजार विभाजन गर्ने,
(छ) कुनै वस्तु वा सेवा पालैपालोसँग उत्पादन वा वितरण गर्ने वा त्यस्तो वस्तु वा सेवाको कोटा निर्धारण गरी उत्पादन वा वितरण गर्ने,
(ज) मनासिब कारण बिना कुनै वस्तु वा सेवाको मूल्य फरक फरक तोकी खरिद, बिक्री वा वितरण गर्ने वा खरिद, बिक्री वा वितरणका फरक फरक शर्त तोक्ने,
(झ) सार्वजनिक रुपमा आह्वान गरिएको बोलपत्र वा दरभाउपत्र उपर आपसी सहमतिबाट बोलपत्र वा दरभाउपत्र दाखिला गर्ने वा समान अङ्क वा अन्य विवरण उल्लेख गरी दाखिला गर्ने,
(ञ) कुनै पनि वस्तु वा सेवाको ढुवानी वा वितरणमा चक्र प्रणाली (सिण्डिकेट) लागू गर्ने,
(ट) तोकिए बमोजिमका अन्य काम गर्ने वा गराउने ।
(२) उपदफा (१) को सर्वमान्यतामा प्रतिकूल हुने गरी कुनै वस्तुको उत्पादन वा वितरण गर्ने वा कुनै सेवा उत्पादन, वितरण वा सञ्चालन गर्ने कुनै दुई वा दुईभन्दा बढी व्यक्ति वा प्रतिष्ठानले कुनै संस्थासँग मिली वा अन्य कुनै उपाय अपनाई निजहरुले वस्तु वा सेवा उत्पादन, वितरण वा सञ्चालन गरेको इलाकामा अर्को व्यक्ति वा प्रतिष्ठानले त्यस्तो वस्तु वा सेवा उत्पादन, वितरण वा सञ्चालन गर्न नपाउने वा त्यस्तो वस्तु वा सेवा उत्पादन, वितरण वा सञ्चालन गर्न त्यस्तो व्यक्ति वा संस्थासँग सम्बद्ध हुनु पर्ने वा त्यस्तो उपायमा संलग्न हुनु पर्ने वा त्यस्तो सम्झौता वा उपायद्वारा तोकिएको कुनै शर्त पालना गर्नु पर्ने गरी कुनै किसिमको सम्झौता गर्न सकिने छैन ।
(३) उपदफा (२) को प्रतिकूल हुने गरी भएको सम्झौता स्वतः बदर हुनेछ ।